logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जेनेरेजटर चलाउने बजेट छैन, टर्च बालेर विरामीको उपचार

    जेनेरेजटर चलाउने बजेट छैन, टर्च बालेर विरामीको उपचार

    2.1K
    Shares

    सुर्खेत । डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राधिकरणले अस्पतालमा आउने लाइन लोडसेडिङको सूचीमा राखेको छ ।

    १६ घण्टासम्म लोडसेडिङ हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए । दैनिक आउने विरामीहरुलाइ रात्रीकालिन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । अस्पतालमा उपचार गराइरहेकी कालि विकले भनिन, ‘रातीभर अध्याँरोमा बसे । डर पनि लाग्यो ।’

    अर्की उमकुमारी शाहीको पीडा पनि कम छैन । उनको बच्चालाइ अक्सिजन दिनुपर्ने थियो तर विद्युत नहुँदा अक्सिजन दिन नपाएको बताइन् ।

    स्थानीय जैसीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले ठुलीभेरी नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिका भित्रसमेत विद्युत आपूर्ती हुँदै आएको छ । दुई वटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत उत्पादन पुरै हुन नसकेको हो । केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन । डोल्पामा विद्युत पुर्याउनका लागि दुइ वर्षअघि भएको ठेक्कासमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ ।

    महिनैपिच्छे समस्या आउने यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको बताउँछन् । अस्पतालले मागेको समयमा मात्र विद्युत आपूर्ती गरिरहेको कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए । १५ श्शयाको जिल्ला अस्पताल समस्याले गाँजिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend