कास्की – नेपाली कांग्रेस कास्कीले अस्वाभाविक माग राखेको भन्दै माधव नेपालको एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले एक बिज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीसंग पटकपटक छलफल गर्दा अस्वभाविक दाबी गरेकोले आगामी दिनमा वार्ता समेत नगर्ने र चुनाव\मा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएका छन् ।
गठबन्धनका अन्य दलसंग वार्ता र संबाद अगाडी बढाउने तर एकीकृत समाजवादीसँग मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने कांग्रेसको निर्णय छ।
केन्द्रमा सत्तागठबन्धनबीच ६ महानगर भागबन्डा गर्ने छलफल भइरहँदा कास्की कांग्रेसले भने पोखरामा मेयर छाड्न नसकिने बताएको छ।
एकीकृत समाजवादीले कास्कीमा मेयरको दाबी गरेपछि अस्वभाविक माग भन्दै कास्की कांग्रेसले एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल गर्न अनिच्छा देखाएको हो ।