काठमाडौं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गरिने बताएका छन् । सभापति शेरबहादुर देउवाले शेर्पालाई गत चैत ९ गते नेविसंघ सभापति बनाएका थिए ।
प्रतिनिधि सभा निर्वाचन भएको तीन महिनाभित्र अधिवेशन गरिसक्न नेविसंघलाई कांग्रेसले निर्देशनसमेत दिएको छ ।
‘हामी समयभित्रै नेविसंघको महाधिवेशन गर्छौं,’ नेविसंघको स्थापना दिवसमा आज आयोजित कार्यक्रममा सभापति शेर्पाले भने, ‘पार्टीले दिएको समयभन्दा एक दिन पनि बढी म पदमा बस्दिनँ ।’
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा उपस्थित उक्त कार्यक्रममा उनले समयभित्रै महाधिवेशन गरिने प्रतिबद्धता जनाएका हुन् । नेविसंघ तदर्थ समितिमा सभापति शेर्पा मात्रै छन् अरू पदाधिकारी र सदस्य मनोनीत भइसकेका छैनन् ।