logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भरतपुरमा रेनु दाहाल निर्विकल्प उम्मेदवार

    भरतपुरमा रेनु दाहाल निर्विकल्प उम्मेदवार

    9.4K
    Shares


    चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट रेनु दाहाल पुनः उम्मेदवार बन्ने करिव निश्चित भएको छ ।

    सत्तारुढ गठबन्धनमा मंगलवार भएको सहमति अनुसार भरतपुर महानगरपालिका माओबादी केन्द्रलाई दिने निर्णय भएसंगै भरतपुरमा रेनु दाहाल पुनः उम्मेदवार हुने निश्चित भएको हो।

    भरतपुरमा पाँच बर्ष दाहालले नेतृत्व गर्दा बिकासका हिसावले देशकै सबैभन्दा अग्रणी महानगरपालिका बनेको भन्दै रेनु दाहाल पुन मेयर बनेर आउनुपर्ने जनचाहाना समेत रहेकोले पनि रेनु भरतपुरमा निर्विकल्प उम्मेदवार हुन्।

    अघिल्लो कार्यकालमा शुरु भएका बिकासका योजना अगाडी बढाउन र तिनलाई समयमै सफल बनाउन पनि दाहाल पुन मेयर बन्नुपर्ने चाहना समेत भरतपुरवासीको छ।

    नयाँ मेयर आउदा भरतपुरलाई बुझ्न नै एक दुई बर्ष लाग्ने भएकोले पनि माओबादी केन्द्र अरुलाई मेयर बनाउनु भन्दा रेनुलाई नै अगाडी सारेर बिकासको रफ्तार बढाउन चाहन्छ।

    यसपटक गठबन्धन समेत बलियो र प्रतिद्वन्दी कम्जोर भएकोले भरतपुर मात्र नभई देशभर जित्ने सम्भावना बलियो भएकों गठबन्धनको बुझाई छ ।

    गठबन्धनमा ६ महानगरपालिका मध्ये तीन काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व कांग्रेसले लिने, भरतपुर माओवादी, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जनता समाजवादी पार्टीले लिने सहमति भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend