काठमाडौँ – भरतपुर महानागरपालिकमा पूर्व माओवादी कार्यकर्ता यमकान्त कंडेलले उमेद्वारी दर्ता गरेका छन्।
भरतपुर महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले राष्ट्रवादी एकता युवा अभियान नेपालबाट स्वत्रन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । कंडेल भरतपुर महानगरपालिका १ देवघाट निवासी हुन् ।
सुनौलो नेपालसंग कुरा गर्दै उनले माओबादी लगायतका राजनैतिक दलले राष्ट्रलाई घात गरेको जनतालाई दमन शोषण अत्याचार गरेको भन्दै त्यसबाट उन्मुक्ति दिन आफुले उमेद्वारी दर्ता गरेको बताए ।
भरतपुर महानगरपालिकमा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उमेद्वार रेनु दाहाल र एमालेको तर्फबाट बिजय सुबेदी मैदानमा छन्।