logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कैलालीमा तीन दलीय गठबन्धन, लामो रस्साकस्सीपछि सिट बाँडफाँटमा सहमति

    कैलालीमा तीन दलीय गठबन्धन, लामो रस्साकस्सीपछि सिट बाँडफाँटमा सहमति

    4.2K
    Shares

    काठमाडौं । कैलालीमा सत्तारूढ तीन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

    गएराति भएको सहमतिअनुसार धनगढी उपमहानगरपालिकासहित सात पालिका कांग्रेसले पाउने भएको छ । टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ।

    माओवादी केन्द्रले चार पालिका पाउने छ । जसअनुसार गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका पाउने छ । त्यस्तै घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका प्रमुखमा एकीकृत समाजवादीले पाउने सहमति भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend