logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विराटनगरका बागी उम्मेदवार उमेश र नमिताको चुनाव चिन्ह लालटिन

    विराटनगरका बागी उम्मेदवार उमेश र नमिताको चुनाव चिन्ह लालटिन

    4.6K
    Shares

    काठमाडौं । मोरङको विराटनगर महानगरमा प्रमुख र उपप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले महानगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र उपप्रमुखमा उम्मेदवारी दिएका नमिता न्यौपानेलाई शनिबार चुनाव चिन्ह दिएको हो ।

    आयोगले आफूहरुलाई चुनाव चिन्ह लालटिन दिएको उपप्रमुखका उम्मेदवार न्यौपानेले जानकारी दिइन् ।

    महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपाल र उपप्रमुखका स्वतन्त्र उम्मेदवार न्यौपाने नेकपा माओवादी केन्द्र निकट हुन्।

    गत स्थानीय तह निर्वाचनमा जसपा र माओवादीबीचको चुनावी तालमेल हुँदा यादव महानगर प्रमुख र न्यौपाने उपप्रमुखका उम्मेदवार थिए।

    विराटनगर महानगरमा नेपाली कांग्रेसले नागेश कोइराला र नेकपा एमालेले सागर थापालाई प्रमुखमा उठाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend