logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जिम्बावे ‘ए’विरुद्ध नेपालको सहज जित

    जिम्बावे ‘ए’विरुद्ध नेपालको सहज जित

    3.8K
    Shares

    काठमाडौं । नेपालले तेस्रो ट्वान्टी–२० खेलमा जिम्बावे ए लाई ८ विकेटले हराएको छ । जिम्बावेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले नटआउट रहँदै सर्वाधिक ८७ रन बनाए ।

    ५४ बल सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल भुर्तेलले ३४ रन बनाए । बसिर अहमदले १० रन बनाए । जिम्बावेका लागि ल्युक जोंग्वे र ब्रान्डन माभुटाले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कायाले सर्वाधिक ४९ रन बनाए । त्यस्तै तादिवानाशे मारुमनीले २७ रन बनाउँदा ल्युक जोंग्वले २३ रन बनाए । त्यस्तै इनोसेन्ट कायाले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । तीन ट्वान्टी–२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend