logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जिम्बावे ‘ए’ टिमविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

    जिम्बावे ‘ए’ टिमविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

    3.7K
    Shares

    काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको दिएको हो ।

    तीन खेलको टी– २० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी–२० शृंखलामा दुवैले एक–एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

    एकदिवसीय खेलका लागि नेपाली टिममा केही परिवर्तन समेत गरिएको छ । कप्तान सन्दिप लामिछानेसँगै स्पीनरद्वय सागर ढकाल र सुशन भारी पहिलो रोजाइमा खेल्दैछन् । यस्तै फास्ट बलरमा सोमपाल कामी र करण केसी नै निरन्तर छन् । अलराउण्डरको रुपमा आदिल अन्सारी छन् ।

    ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल मिडल अर्डरमा छन् । विनोद भण्डारी, देव खनाल, विक्रम सोब र किशोर महतो बेन्चमा छन् । सुनिल धमला भने टिम लिस्टमा पनि अटाएका छैनन् ।

    आगामी महिना अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टुको तयारी स्वरुप नेपालले जिम्बावेसँग एकदिवसीय शृंखला खेलिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend