logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भरतपुरमा देउवाले रेनुलाई जिताउँ भनेर लोकतन्त्रको सबैभन्दा कुरुप अनुहार देखाएर जानुभो : जगन्नाथ पौडेल (भिडिओसहित)

    भरतपुरमा देउवाले रेनुलाई जिताउँ भनेर लोकतन्त्रको सबैभन्दा कुरुप अनुहार देखाएर जानुभो : जगन्नाथ पौडेल (भिडिओसहित)

    4.5K
    Shares
    भरतपुरमा देउवाले रेनुलाई जिताउँ भनेर लोकतन्त्रको सबैभन्दा कुरुप अनुहार देखाएर जानुभो : जगन्नाथ पौडेल (भिडिओसहित)

    भरतपुर । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले शेरबहादुर देउवा सिण्डकेट बनेको बताएका छन् । भरतपुरमा आफ्ना मतदातालाई सम्बोधन गर्दै मेयरका स्वतन्त्र उम्मेदवार पौडेलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जसरी पनि जिताउँ भनेर देउवा सिण्डिकेट बनेको बताएका हुन् ।

    ‘शेरबहादुर देउवाले रेनु दाहाललाइृ जसरी पनि जिताउँ भनेर जानुभो । हामी जुन पार्टीमा आस्था राख्छौं त्यो पार्टी सिण्डिकेट बनेर कुनै एउटा व्याक्तिलाई चुनाव जिताउँनका निमित्त टुडिखेलमा आउँछ भने त्यो लोकतन्त्रको सवैभन्दा कुरुप अनुहार हो ।’ उनले भने ।

    देशको प्रधानमन्त्री भएको मान्छेले कुनै एउटा व्याक्तिलाई च्यापेर त्यो उम्मेदवारलाई जसरी पनि जिताउँ भन्नुपर्छ भने त्यो माओवादीको लागि पनि अपमानजनक व्यवहार भएको उनले बताए । केन्द्रबाट परिचालित उम्मेदवारले जनताको भावना अनुसार काम गर्न नसक्ने पनि उनले बताए ।

    ‘जुन उम्मेदवार सिंहदरबारबाट परिचालित छ । जुन उम्मेदवार खुमलटारबाट परिचालित छ या बालकोटबाट परिचालित छ भने त्यो उम्मेदवार जनताको हुनै सक्दैन ।’ उनले भने । उनले आफुलाई मत जुनसुकै पार्टीले पनि दिनेमा ढुक्क रहेको सुनाए ।

    ‘मलाई मत दिन यो कांग्रेस हो भन्नु पर्दैन । एमालेका साथीहरुले दिएपनि हुन्छ । माओवादीका साथीहरुले दिएपनि हुन्छ ।’ उनले भने, ‘कांग्रेसका साथीहरुले त दिनैपर्छ । किनकी उनीहरुको भविष्यसँग हामी जोडिएका छौं ।’

    पुरा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend