logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्वतन्त्र उम्मेदवार पौडेलको आह्वान : मेयरमा भुँईकटहर अरुमा रुख

    स्वतन्त्र उम्मेदवार पौडेलको आह्वान : मेयरमा भुँईकटहर अरुमा रुख

    3.9K
    Shares

    भरतपुर । भरतपुर महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले मेयरमा आफुलाई र अन्य पदमा कांग्रेसका उम्मेदवारलाई मत मागेका छन् ।

    वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पौडेलले मेयर पदमा आफ्नो चुनाव चिह्न भुँईकटहरमा र अन्य पदमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट मागीरहेका छन् ।

    चुनावी प्रचार प्रसार तथा धरदैलो कार्यक्रममा पौडेल र उनका समर्थकले मतदातालाई मतदान गर्न सिकाउँदै भुँईकटहर र रुख चिह्नमा मत मागेका हुन् ।

    ‘मैले आस्था राखेको पार्टी नेपाली कांग्रेस हो । गठबन्धनले जे जस्तो निर्णय गरेपनि मैले आफ्नो धर्म पुरा गर्नुपर्छ । त्यसैले मेयरमा सानो रुख भुँईकटहर जुन १४ नम्वरमा छ । र अन्य पदमा ठुलो रुखमा भोट मागेको छु ।’ उनले भने ।

    जगन्नाथ पौडेलको चुनाव चिह्न भुँईकटहर १४ नम्वरमा छ । भरतपुर महानगरपालिकाको स्थानिय तहको निर्वाचनलाई देशले नै चासोको रुपमा लिएको छ ।

    नेकपा एमालेका तर्फबाट विजय सुवेदी र गठबन्धनका तर्फबाट रेनु दाहाल मेयरका उम्मेदवार छन् भने गठबन्धनको उम्मेदवार रेनुलाई अस्वीकार गर्दै भरतपुरका असन्तुष्ट कांग्रेस पक्षका तर्फबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend