logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्छ: प्रमुख पौडेल

    इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्छ: प्रमुख पौडेल

    3.2K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । आइतबार नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले नेपालमा ‘फिनटेक’ कानुनी र नियामकीय व्यवस्थाको सम्भावना र चुनौती विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र पछाडि नै हुने गरेको बताए । पौडेलले नयाँ व्यवसायको लागि विदेशमा लगानी गर्न नदिने ऐन अहिले पनि कायम रहेकाले नेपालको लगानी विदेश लान नमिल्ने बताए ।

    राष्ट्र बैंकले विदेशी लगानीका सम्बन्धमा नीतिगत व्यवस्था नै परिमार्जन गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुमति नचाहिने बनाएको उनको भनाई छ । उनले बाहिर लगानी लैजाने सम्बन्धमा भने कानुनी रूपमा नमिले पनि कोही विदेशमा गएर कमाएर उतै लगानी गर्छु भन्छ तर उसलाई विदेशी बैंकले ऋण लगानीमा विश्वास गर्दैन भने नेपाली बैंक ग्यारेन्टी बस्न सक्ने व्यवस्था गरेको स्पष्ट पारे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend