logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्थानिय चुनावमा उम्मेदवारी दिएका उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ?

    स्थानिय चुनावमा उम्मेदवारी दिएका उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ?

    3.1K
    Shares

    काठमाडौं । घरदैलो अभियानका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका तुलसीपुर उपमहानगरका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले) बाट वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृन्यु भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष माधव वलीले बताए ।

    चुनावी प्रचारप्रसारको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो। नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो ।

    ५४ वर्षीय चौधरी २०७४ सालको स्थानीय चुनावमा वडा सदस्य निर्वाचित भएका थिए। यस पटक वडाध्यक्षका उम्मेदवार बनेका उनको राम्रो पकड रहेको थियो । उनको फोक्सोमा पानी जमेको पाइएको परिवारजनले जनाएका छन् ।

    कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

    उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।

    यी दुई स्थानमा कहिले निर्वाचन गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन । आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    ‘आयोगले अब अर्को कार्यतालिका निकाल्छ । जुन दलको उम्मेदवारको मृत्यु भयो त्यो दलले उम्मेदवारी दिने अवसर त पाउनुप¥यो नि । यसबारे आयोगले निर्णय गर्छ’, उनले भने ।

    उम्मेदवारको मृत्यु भएका यी स्थानीय तहमा वैशाख ३० गते नै चुनाव गर्ने वा पछि गर्ने भन्नेमा आयोगले छिट्टै निर्णय गर्ने उनले बताए ।

    याे पनि:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend