logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मतदान स्थलमा चुनावको तयारी अन्तिम चरणमा

    मतदान स्थलमा चुनावको तयारी अन्तिम चरणमा

    2.5K
    Shares

     

    काठमाडौं । वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि अहिले धमाधम तयारी भइरहेको छ । भोलि हुने निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले आफ्नो सम्पूर्ण तयारी आज साँझसम्म सक्ने जनाएको हो ।

    स्थानीय तहको चुनाव गराउन कर्मचारी र सुरक्षाकर्मीहरु मतदान स्थलमा पुगिसकेका छन् । देशभर मतदानका लागि बुथ निर्माणको काम आनसम्म सकेर भोलि भयरहीत वातावरणमा निर्वाचन गर्ने आयोगले जनाएको छ । आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, कयामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाच्न चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ ।

    त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend