काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरको उम्मेदवार सुनिता डंगोल २५ सय ६४ मतान्तरले अगाडि छिन् । नेकपा एमालेकी उम्मेदवार डंगोलले ३५९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा १०२७ मत मात्रै ल्याएका छन् ।
डंगोलले सुरुवाती मतगणनादेखि नै लिएको फराकिलो मतान्तरको अग्रता लिएकी छन् ।