काठमाडौं । भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १७१२ मतको अग्रता बनाएकी छन् । उनले ९,९७० मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८,२५८ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४,५०४ मत मात्र पाएका छन् ।
त्यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११,९५६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६, ७४२ मत पाएकी छन् ।