काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमकमा महागठबन्धनले अग्रता लिएको छ ।
महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजार ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छिन् ।
उपप्रमुखमा भने एमालेका अम्बिका प्रसाद खनालले १२ हजार ४ सय ८४ मत ल्याउँदा महागठबन्धनकी कांग्रेस उम्मेदवार रेगिना भट्टराईले १२ हजार ४ सय ६ मत ल्याएकी छिन् ।