logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भरतपुरमा रेनु दाहाल ७ हजार मतले अघि, जगन्नाथको मत ८ हजार बढी

    भरतपुरमा रेनु दाहाल ७ हजार मतले अघि, जगन्नाथको मत ८ हजार बढी

    3.3K
    Shares

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ५८ हजार १३४ मतगणना हुँदा उनले २१ हजार ९६४ मत पाएकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले १८ हजार ७७९ मत पाएका छन् ।

    यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार २८८ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मतका साथ पछ्याइरहेकी छन् ।

    ११ नम्बर वडामा ८ हजार ०७३ मतगणना हुँदा वडाध्यक्षमा एमालेले अग्रता लिएको छ । एमालेले ३ हजार ४९६ मत पाएको छ भने माओवादी केन्द्रले २ हजार ७१० मत पाएको छ ।

    यस्तै १२ नम्बर वडाको ३ हजार ९३८ मतगणना हुँदा वडाध्यक्षमा एमालेले नै अग्रता लिएको छ । वडाध्यक्षमा एमालेले १ हजार ८१८ मत पाउँदा एकीकृत समाजवादीले १ हजार ३९८ मत पाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend