logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • विराटनगरमा निर्वाचितले पाएको भन्दा बदर मत बढी, उपमेयर पदको ३४ हजार १६७ मत बदर

    विराटनगरमा निर्वाचितले पाएको भन्दा बदर मत बढी, उपमेयर पदको ३४ हजार १६७ मत बदर

    3.5K
    Shares

    विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा निर्वाचितले पाएको भन्दा बदर मत बढी भेटिएको छ । उपमेयरमा निर्वाचित एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत पाएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदमा मात्रै ३४ हजार १६७ मत बदर भएको छ ।

    एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ३७८ मत खसेको थियो । जसमध्ये मेयरमा ६८ हजार ३६ र उपमेयर पदमा ५५ हजार २२९ मत सदर भएको थियो । मेयरमा २१ हजार ३५८ र उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ ।

    उपमेयर पदमा बदर भएको मत करिब ३८ प्रतिशत हो । मेयरमा करिब २४ प्रतिशत मत बदर भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरको मेयर– उपमेयरमा २४ प्रतिशत मत बदर भएको थियो ।

    मेयरमा निर्वाचित नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५, स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५२१६ मत पाए ।

    उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाँच हजार ११७ मत पाएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदरमध्ये अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेको छ ।

    नेपाली काङ्ग्रेस विराटनगरका सभापति दिपक चापागाई वडा तहसम्म गठबन्धन नभएका कारण मत बदर भएको बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend