सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली काँग्रेसले जितेको छ । कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।
उनले १९ हजार २९३ मत पाएर विजयी भएका हुन् । उजमन निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत ल्याए ।
उपमेयरमा भने एमालेले जितेको छ । एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।