logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन सक्दैन: स्वर्णिम वाग्ले

    नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन सक्दैन: स्वर्णिम वाग्ले

    3.5K
    Shares

    काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सि मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताए । उनले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताए । देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको उनले बताए ।

    उनले भन्नुभयो – ‘आफ्नै कुर्सिमात्रै जोगाउने स्थिरताले त केही दिदो रहेनछ । नीतिगत सुनिश्चितता त्यो चाहीँ हुनुप¥यो । सरकारको तिन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्तत्ः पद्धती र प्रणालीमा सुधार नगरीकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’

    राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दिर्घकालिन योजना बनाउनुपर्ने बताए । विकासका लागि ५ वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्नेमा उनले जोड दिए । नेपालमा काम गर्न नीतिको कमी नभएपनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उनको भनाई छ ।

    उनले भने – ‘धेरै एक्शनमा जान सकेनौँ । हामीसँग नीतिका कमी छैन । संविधानले धनि बनाइदिएको छ । हेर्नु न शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको कुरा के मात्रै छैन ? तर पनि अहिले पनि कार्यविधि बनाउनु, प्रशासनिक प्रक्रियाहरुले गर्दा हाम्रा सबै कुराहरु रोकिने रैछ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाले आर्थिक विकासमा कन्ट्रीव्युट गर्छ । मानव जनशक्ति विकासमा कन्ट्रीव्युट गर्छ । हामीले ५ वर्षको कुरा नगर्दा हुन्छ, ५ वर्षको कुरा गर्दा हामीले धेरै छोटो सोचमा आफुलाई उभ्याइराखेको हुन्छ । हामीले २५ वर्षको कुरा गरौँ । २५ वर्ष पछि हामीले के कुरा प्राप्त गर्ने हो त्यो कुरा सिस्टममा ढालौँ । मास्टरप्लानमा ढालौँ । सरकार जोसुकैको आओस् उसले पाँच वर्षको प्लान गर्नु पर्दैन । चलिराखेको कुरामा उसले कहाँनेर अतृप्त अवसरहरु छन् । त्यसलाई अगाडी बढाउने कामहरु गर्दै गयो भने एउटा सिस्टम डेभलप भएर आउँछ । सिस्टम डेभलप भयो भने त्यसको पहुँच जनतामा हुन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend