logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तारा एयरको विमान दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

    तारा एयरको विमान दुर्घटनाप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

    3.2K
    Shares

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानसुरे भिरमा भएको हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । आज वक्तव्य जारी गर्दै उनले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताएका छन् ।

    उपराष्ट्रपति पुनले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवम् यात्रुमा श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

    “नेपालमा पटक–पटक हुने यस्ता दुर्घटनाले हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको छ”, उपराष्ट्रपति पुनले भने, “मुस्ताङको दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने विश्वास लिएको छु ।”

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend