logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिकमा माल्यार्पण

    पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिकमा माल्यार्पण

    2.7K
    Shares
    पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहको शालिकमा माल्यार्पण

     

    काठमाडौं । पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली व्यक्त गरिएको छ । बिहीबार पूर्वराजा शाहको २१औँ पुण्यतिथिको अवसरमा ललितपुरको जावलाखेलस्थित उनको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

    योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्को आयोजनामा पूर्वराजा शाहको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन गरिएको थियो । श्रद्धाञ्जली दिन पुगेकाहरुले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रुपमा स्मरण गरेका थिए । पूर्वमन्त्री दुर्गा श्रेष्ठले पूर्वराजा शाह राष्ट्रको एकताको प्रतीक रहेको उल्लेख गरे । उनले विकासप्रेमी, जनतालाई सुशासन दिने राजाको रुपमा स्मरण गरे । पूर्वराजा शाहले देशलाई शान्ति क्षेत्र कायम गर्न अथक प्रयास गर्नुभएको उनले बताए ।

    योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषद्का उपाध्यक्ष विमलराज शर्माले पूर्वराजा वीरेन्द्र शाह राष्ट्रवादी राजा भएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न ११६ राष्ट्रको समर्थन गराएको भन्दै पूर्वराजा शाहको प्रशंशा गरे ।

    वि.सं. २००२ साल पुष १४ गते जन्मिनुभएका पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवको २०५८ साल जेठ १९ गते सपरिवार निधन भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend