काठमाडौं । उत्तर कोरियाले आइतबार आफ्नो पूर्व तटबाट ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका सेना प्रमुखले जानकारी दिएका छन् ।
ती क्षेप्यास्त्र स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४० मिनेटको बीचमा उत्तर कोरियाको राजधानी प्योङयाङनजिकै रहेको सुनान क्षेत्रबाट कोरियाली प्रायद्वीप नजिकैको पानीमा प्रहार गरिएको बताइएको छ ।
राष्ट्रपतिको कार्यालयले उत्तरको पछिल्लो क्षेप्यास्त्र परीक्षणबारे राष्ट्रिय सुरक्षा प्रमुख किम सुङ हानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको जानकारी दिएको छ । यो वर्ष कोरियाले १७ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।