काठमाडौं । आईसीसी यू १९ महिला विश्वकप अन्तर्गत एसिया छनोटमा भुटानले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ। मलेसियामा टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो।
भुटानका लागि सोनाम र नवाङ चोडेनले २० रनको साझेदारी गरेका थिए। भुटानी टिमको स्कोर २० रन पुगेका बेला नेपालले पहिलो सफलता हात पारेको थियो। नवाङ चोडेन आउट भइन्।
उनी ११ रन बनाएर आउट हुँदा नेपाललाई पहिलो सफलता मनिषा कुमारी उपाध्यायले दिलाइन्। ७।४ ओभरमा भुटानले २९ रन बनाउँदा दोस्रो विकेट गुमायो। भुटानकी चाडो ओम ६ रन बनाएर पभेलियन फर्किइन्। उनलाई कृतिका मरासिनीले पभेलियनको बाटो देखाउँदा नेपालले दोस्रो सफलता हात पारेको थियो।