logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकियो, किन रोकियो ?

    एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकियो, किन रोकियो ?

    3.1K
    Shares
    एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकियो, किन रोकियो ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो ।

    स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको हो ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्वव्यापी अभ्यास नेपालमा पनि लागु हुने बताए ।

    “बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर विश्वका कुनै पनि मुलुकमा हुँदैन र हाम्रोमा पनि हुँदैन,” खतिवडाले बाह्रखरीसँग भने, “त्यसैले बजेट पारित नहुँदासम्म केही पनि हुँदैन भनेर बुझ्दा हुन्छ ।”

    आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend