logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एमाले सांसदद्धारा गृहमन्त्रीको राजीनामा माग

    एमाले सांसदद्धारा गृहमन्त्रीको राजीनामा माग

    2.7K
    Shares

    काठमाडौं । शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै नेकपा एमालेकी सांसद आशाकुमारी विकले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेकी छन् । आज प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद विकले यस्तो माग गरेकी हुन् ।

    उनले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् ।

    ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ, बालिका र किशोरी बलात्कृत भइरहेका छन्,’ उनले भनिन्, ‘रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend