logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • किसानलाई तत्काल आवश्यक मलको व्यवस्था गर्नुपर्छ: उमाशंकर अरगरिया

    किसानलाई तत्काल आवश्यक मलको व्यवस्था गर्नुपर्छ: उमाशंकर अरगरिया

    2.1K
    Shares

    काठमाडौं । सांसद उमाशंकर अरगरियाले किसानलाई तत्काल आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनले भने, ‘कृषि प्रधान देश नेपालमा मलखाद समेत सरकारले उपलब्ध गराउन सकेको छैन । यस वर्ष पनि सरकारले मलखाद उपलब्ध गराउन सकेको छैन । त्यसैले सभामुख महोदयमार्फत सरकारसँग पर्याप्त रुपमा किसानलाई मलखाद पु¥याउन जोडदार माग गर्दछु ।’

    नागरिकता नपाएर जागिरबाट समेत बञ्चित भएका तराई, मधेशका नागरिकलाई तत्काल नागरिकताको व्यवस्था गर्न सरकारलाई सांसद अमनलाल मोदीले ध्यानाकर्षण गराए । उनले त्यसका लागि संसदमा तत्काल नागरिकता सम्बन्धि विधेयक ल्याएर त्यसलाई पारित गराउने काममा ढिलाई नगर्न पनि सरकारलाई दवाव दिए । सांसद मोदीले बर्दियामा सुरक्षाकर्मीको गोलीबाट हत्या भएकी नविना चौंधरीको घटनाको छानवीनका लागि एउटै छुट्टै स्वतन्त्र न्यायिक आयोग गठन गर्न पनि सरकारसँग माग गरे । उनले भने, ‘तराई मधेशमा नागरिकता नपाएर भयावह स्थिति भईरहेको छ । बालबच्चाहरुले नागरिकता नपाएकै कारण जागिर खान पाईरहेका छैनन् । त्यसकारण यो कुरामा सरकारको तुरुन्त ध्यान जाओस् र नागरिक विधेयक चाँही तुरुन्त ल्याओस भन्ने एउटा कुरा राख्न चाहन्छु । दोस्रो, बर्दियाको मधुवन नगरपालिकामा १८ वर्षीया नविना चौंधरीको राज्यपक्षद्धारा प्रहरी प्रशासनद्धारा गोली हानिएको छ । त्यसको चाँही छानवीन त गर्छु भन्या छ तर त्यति छानवीनले हुँदैन । त्यसका लागि सत्यतथ्य पत्ता लगाउन एउटा समिति बनाउनु प¥यो भन्ने राख्न चाहन्छु । र थारुहरु जहिले पनि अन्यायमा परेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend