काठमाडौं । अेमेरिकी सेना नेपालमा गुप्त रुपमा बसेको एमाले सांसद मोहन बानियाँले दाबी गरेका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले नेपालमा ५ हजारको सङख्यामा अमेरिकी सेना गुप्त रुपमा बसेको दाबी गरेका हुन् ।
‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन् ।’ उनले भने । एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । त्यसका लागि चलेखल भइरहेको उनको दाबी छ ।
‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं,’ उनले भने ।