logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसदमा अर्थमन्त्रीले जवाफ दिने कार्यसुची हटाउन एमालेको माग

    संसदमा अर्थमन्त्रीले जवाफ दिने कार्यसुची हटाउन एमालेको माग

    2.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा अर्थमन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गरेका हुन् ।

    उनले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भिर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताए ।

    ‘हिजोबाट नै संसदमा अर्थमन्त्रीको विषय प्रवेश गराएका छौं । यति गम्भिर विषयमा प्रमुख प्रतिपक्षदलले संसदमा उभिएर अबजेक्सन गरिसकेपछि सभामुखले विनियोजन विधेयक माथिको छलफल जारी राख्ने भन्दै कार्यसूचिको ९ नम्बरमा अर्थमन्त्रालय राख्नु भएको रहेछ । जब अर्थमन्त्री ज्युको काम क्रियाकलाप माथि यति गम्भिरतापूर्वक प्रश्न उठेपछि नेकपा एमालेको तर्फबाट अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न विल्कुलै तयार छैन । आजको कार्यसूचिबाट अर्थमन्त्रीको जवाफ हटाइयोस् । त्यसपछि मात्रै अरु मन्त्रालयहरुसँगको सम्बन्धित कुरामा बस्छौं । छलफल गर्छौं । सभामुखको आग्रह स्वीकार गर्छौं । तर त्यसभन्दा अगाडि अर्थमन्त्रालयको आजको सूचिबाट हटाउनका लागि सभामुखसँग गम्भिरताका साथ आग्रह गर्न चाहान्छु ।’ उनले भने ।

    प्रमुख सचेतक भट्टराईले बैठकको ९ नम्बर सूचिमा रहेको अर्थमन्त्रीले जवाफ दिने कार्यसूचि हटाए मात्रै बैठकमा भाग लिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend