logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आएनन् प्रधानमन्त्री

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आएनन् प्रधानमन्त्री

    1.9K
    Shares

    काठमाडौं । संसदमा पनि अनुपस्थित भईरहेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समेत अनुपस्थित भएका छन् । यसअघि बजेट र विदेश नीतिबारे उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवाले संसद छलेका थिए ।

    प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् ।

    प्रधानमन्त्रीको जवाफ सुन्न बिहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिइन् ।

    सभापति निरौलाले नै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा पत्र पाए पनि विभिन्न कारणले समितिमा आउन नसकेको जवाफ पाएको बताएकी छन् । सभापति निरौलाले प्रधानमन्त्रीको तर्फबाट आएको गैरजिम्मेवार जवाफलाई समितिको अपमान भनेकी छन् ।

    ‘आउन समय मिलेन ठीक छ । प्रधानमन्त्रीको व्यस्तता हुनसक्छ । कम्तीमा समयमा खबर हुनुपर्छ नि । यो अपमान नै हो भन्छु म । हिजो मात्र पनि उहाँले मलाई खबर गर्नसक्नुहुन्थ्यो’, सभापति निरौलाले भनिन्, ‘मैले बारबार फोन कन्ट्याक्ट गरिरहँदा आउँन सक्दिनँ पछाडि सारौं भनेको भए म यो बैठक पछाडि सार्थेँ । तर त्यो पनि जानकारी नभएर एकैचोटी बिहान ८ बजे त्यसमा पनि सचिवज्यूलाई फोन गरेर भन्दा यो अपमान नै हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend