logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पोखरामा बाढीबाट पक्की मोटरेवल पुलमा क्षति

    पोखरामा बाढीबाट पक्की मोटरेवल पुलमा क्षति

    2.8K
    Shares

    कास्की । गए रातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ ।

    पोखरा–२५, हेमजा र पोखरा–१९, पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रस्ट पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात आवागमन बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।

    पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रस्ट पुल पूर्ण रूपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ ।

    पुलबाट अब मानिस हिँड्डुल गर्न समेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ । सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ ।

    बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पुर्‍याएको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए । पुलको मुख्य संरचनामा बाढीले क्षति पुर्‍याएकाले ठूलो क्षति पुगेको उनले बताए ।

    पुल अवरुद्ध भएपछि साना–ठूला सबै सवारीसाधनको आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छ«े गाउँपालिकाका केही वडाका नागरिक समेत पोखरा आवतजावत गर्ने गर्छन् ।

    यसैगरी, गए रातिको सेती नदीको बाढीका कारण माछापुच्छ«े गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताए । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend