काठमाडौं । काठमाडौं महानगरपालिकाको निति तथा कार्यक्रम सुरु भएको छ । राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे सुरु हुने भनिएपनि बैठक ४ बजे सुरु भएको हो । महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ ।
महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।
नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।