logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न सक्दैन: सुरेन्द्रकुमार कार्की

    नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न सक्दैन: सुरेन्द्रकुमार कार्की

    1.9K
    Shares
    नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न सक्दैन: सुरेन्द्रकुमार कार्की

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्रकुमार कार्कीले नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न नसक्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद कार्कीले नेपालले ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न नसक्ने बताएका हुन् ।

    उनले बलियो गोरुसँग बहर बाच्छलाई हल बाँधिदिँदा बहर बाच्छाको जस्तो हालत भएझैँ नेपालको पनि ठूला राष्ट्रहरुसँग समान हुन खोज्दा सोही हालत हुने टिप्पणी गरे । उनले भारत, चीन र अमेरिकासँग गर्ने सम्बन्धमा असमान प्रावधान हुनुपर्ने उल्लेख गरे । सांसद कार्कीले नेपालले एसपीपीमा सामेल हुन नसक्ने कुरा अमेरिकालाई पत्राचार गरेर जानकारी दिनुपर्ने पनि बताए ।

    उनले भने– ‘अमेरिकालाई विनम्रतापूर्वक भनौँ हामी कसैसँग पनि यति ठूला राष्ट्रहरुसँग समानताको व्यवहार गर्न सक्दैनौँ । यो गाउँले भाषामा के हो भने एकदमै बलियो गोरुसँग एउटा मरनच्यासे अथवा सानो गोरुलाई बहर बाच्छालाई लगेर हल बाँधिदिएपछि हुनत समानता नै गरेको हो, एउटै जुवामुनि छन् । तर त्यतिबेला त्यो बाच्छाको जो हालत हुन्छ नि, त्यसो हुनाले हामीले भारत, चीन, अमेरिकासँग गर्ने सम्बन्ध भनेको या त्यसमा जहिलेप्रति असमान प्रोभिजन हुनुपर्छ । त्यो कहिले समानताको हुन सक्दैन । समान गर्दा त हामी कहाँ सक्छौँ त ? त्यसो हुनाले हामीले उनीहरुलाई विनम्रतापूर्वक चिठी लेख्ने कुरा भनिदिने कि हामी अहिले त्यसमा सामेल हुन सक्दैनौँ । हाम्रो घरेलु, क्षेत्रीय, अन्तर्राष्ट्रिय चिजले हामीलाई स्वीकृति दिँदैन भन्ने कुरा लेख्नुप¥यो ।’

    सांसद कार्कीले नेपाललाई शान्ति क्षेत्र प्रश्ताव गरिनुपर्ने बताए । उनले नेपालमा आगामी दिनमा पनि एमसीसी, एसपीपी जस्ता विभिन्न शिर्षकमा यस्तै प्रकारका दबाबहरु आइरहने भन्दै शान्ति क्षेत्र बनाएमा त्यस्तो नहुने बताए । उनले नेपालको शान्ति क्षेत्र प्रश्तावलाई छिमेकी मुलुकहरु चीन र भारतले पनि समर्थन गर्ने अन्तर्राष्ट्रिय परिस्थिति बनेको बताए । उनले भने– ‘एमसीसीलाई पास गर्ने भोलिपल्टदेखि नै यसमा हामीले पहल गर्नुपथ्र्यो । यो शान्ति क्षेत्रको प्रश्तावलाई हामीले मुभ गर्नुपथ्र्यो । त्यो मुभ ग¥यो भने मात्रै भोलि अझै चर्कंदै जाने, यो एकदिनको मात्रै कुरा होइन, भोलि अर्को शिर्षकमा । पर्सि अर्को शिर्षकमा यस्ता चिजहरु आइरहने छन् । हामीले त्यो दबाबलाई कसरी झेल्छौँ ? त्यसो हुनाले कमसेकम हामीले त्यो प्रश्ताव बनाएर यतिबेला मैले यसकारण अनुकुल भन्छु कि भारत र चिनले यसलाई सर्पोट गर्ने स्थिति छ । उनीहरुको नशनल इन्ट्रेष्टमा पनि छ यो । त्यसो हुनाले यसलाई हामी मुभ गरौँ यो प्रश्तावलाई ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend