logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाली शासक झुकेर एसपीपी सम्झौतामा हस्ताक्षर गर्नसक्ने नेता महराको आशंका

    नेपाली शासक झुकेर एसपीपी सम्झौतामा हस्ताक्षर गर्नसक्ने नेता महराको आशंका

    2.4K
    Shares
    नेपाली शासक झुकेर एसपीपी सम्झौतामा हस्ताक्षर गर्नसक्ने नेता महराको आशंका

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् । सोमवार काठमाडौंमा भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् ।

    उनले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपीपी राष्ट्रहित विपरित् भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गर्दै आम नागरिकहरु सचेत रहनुपर्ने बताए । नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताएका हुन् । उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रुपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे । नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताए

    उनले भने ‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको बिरुद्ध छ । सबै पार्टीहरुले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरुले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरित् छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरु झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन् ? यही कुरा ४÷५ महिनापछि अब सेलाएपछि सिद्धियो सिद्धियो भन्ने बेलामा गर्ने त होइनन् भन्ने शंका छ । तर त्यो आशंका मेटियोस् । अहिले सबै पार्टी एसपीपीको बिरुद्धमा छन् । एमसीसीले ढोका खोल्यो, त्योसँग अभिन्न रुपले अंग जोडिएको आईपीएसको अर्को रुपमा देखिएको एसपीपी यहाँ आयो । नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरुले यसलाई सम्झौता गर्नको निमित्त बोलाए । तर यतिबेला छताछुल्ल भयो । यो साम्राज्यवादको नियन्त्रणमा कतै देश त जाने होइन भन्ने प्रश्न आजको समस्या हो । यही हो चुनौति । किसानका आफ्ना समस्या छन् तर देशको राज्यसत्ता कतै साम्राज्यवादको कित्तामा जाने त होइन ? भन्ने प्रश्न छ । अब हामी सबैले तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नुपर्छ ।’

    पूर्व सभामुखसमेत रहेका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend