logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गीत-संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक छ: उपराष्ट्रपति

    गीत-संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक छ: उपराष्ट्रपति

    2.1K
    Shares
    गीत-संगीतलाई मौलिकतासहित समयसापेक्ष विकास गर्न आवश्यक छ: उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली गीत-संगीतलाई मौलिकता रहने गरी समयसापेक्ष विकास गर्न आवश्यक रहेको बताएका छन् । मंगलवार विश्व संगीत दिवसको अवसरमा नेपाल संगीतिक संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

    उनले नेपाली मौलिकता जोगाएर नेपाली संगीतको संरक्षण र विकास हुनुपर्ने बताए । उपराष्ट्रपति पुनले युवा पुस्ताहरु पश्चिमी गीत, संगीतप्रति आकर्षित हुँदै गएको भन्दै संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक रहेको पनि बताए । उनले मौकिल संगीतले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै मौलिक संगीतको सिर्जना गर्न, संगीत क्षेत्रको विकासमा योगदान पु¥याउन र यसलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए ।

    उपराष्ट्रपति पुनले भने, ‘नेपाली संगीतको संरक्षण हुनुपर्दछ । विकास हुनुपर्दछ । मुख्यतः हाम्रो मौलिकता जोगिनुपर्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा भनेको हाम्रा पुस्ताहरु कुन गीत, संगीततिर आकर्षित भइरहेका छन्, अर्थात् युवा पुस्ताहरुलाई पश्चिमा संगीतहरु सुन्ने रुची बढ्दै गएको देखिन्छ । हामीले नेपाली मौलिक संगीतप्रति मोह कसरी बढाउने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ । यसका लागि हाम्रो मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्न आवश्यक देखिन्छ । हाम्रो मौकिल संगीतले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको छ । मौलिक संगीतको सिर्जना गर्ने, संगीत क्षेत्रको विकासमा योगदान पु¥याउने र यसलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण योगदान पु¥याउनेुहुने नेपाली संगीतकर्मीहरुमा उच्च सम्मान व्यक्त गर्दछु । यसमा ध्यान दिन जरुरी छ ।’

    उपराष्ट्रपति पुनले संगीत बिनाको जीवन कल्पना गर्न नसकिने भन्दै पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले विदेशी संगीतलाई प्रतिस्थापन गरी नेपाली संगीतलाई स्थापित गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend