logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाली उत्पादित वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारको लक्ष्य रहेको छ: मन्त्री बडू

    नेपाली उत्पादित वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारको लक्ष्य रहेको छ: मन्त्री बडू

    2.1K
    Shares
    नेपाली उत्पादित वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारको लक्ष्य रहेको छ: मन्त्री बडू

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाली उत्पादित वस्तुलाई ईकमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीवार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि भर्चुअल अनलाइन शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग मन्त्री बडूले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रिय उत्पादनलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने अभियानमा साना तथा मझौला उद्योगको महत्वपूर्ण भुमिका रहने विश्वास गरे । मन्त्री बडूले निजी क्षेत्रका उत्पादित वस्तु बजारीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकारले ठूला र घरेलु तथा मझौला उद्योगलाई वस्तु तथा सेवाको खरिद र बजारीकरणमा जोड्न चाहेको बताए । उनले ठूला उद्योग र साना उद्योगबीचको सहकार्यले उत्पादन क्षमता र बजारीकरणको पहँुचमा वृद्धि हुने विश्वास रहेको बताए । मन्त्री बडूले ठूला र साना तथा मझौला उद्योगको समस्याहरु आर्थिक तथा मौद्रिक नीतिमार्फत समाधानका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

    उनले भने,‘साना तथा घरेलु उद्योग र मझौला उद्योगहरुको क्षेत्र नेपाली उत्पादकत्व बढाउने अझ बढी आधार हुन् । नेपाली उत्पादन बढाउने आधारशिला हो । नेपाली उत्पादनको क्षेत्र यहीबाट शुरु हुन्छ । नेपालको अर्थतन्त्रलाई आधारसहित बलियो बनाउनको निमित्त धेरै ठूलो भूमिका यो क्षेत्रको छ । अहिले यो क्षेत्र आफैँ इकमर्समा प्रवेश गरेको छ । यो क्षेत्रमा प्रवेश गर्नु उत्साहजनक हो । सरकारको राष्ट्रिय अभियानका लागि आधारभुत भुमिका खेलेको छ । निजी क्षेत्रको यो अभियानलाई सरकारले कहाँ कसरी सहयोग गर्न सक्छ । सरकार पूर्ण रुपले सहयोग गर्न तयार छ । अब हामी आन्तरिक बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारको पहँुच इकमर्स माध्यममार्फत जान्छौं । यो हाम्रो अभियानको रुपमा लिनुपर्छ । हाम्रो उत्पादनको गुणस्तर बढाउने र अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउने हाम्रो लक्ष्य हुनुपर्दछ । ठूला, मझौला उद्योगहरुलाई सरकारले वस्तुको तथा सेवाको खरिद बजारीकरणसँग जोड्न चाहेको छ । यस्तो सहकार्यले समग्र क्षमता बढ्छ । हाम्रो उद्योगको उत्पादन क्षेमता बढ्छ । ठूला मझौला उद्योगलाई स्टार्टअप प्रोगामसँग जोड्नुपर्छ भन्ने कुरा सरकारको नीति र कार्यक्रममा परेको छ । साना र मझौला उद्योगहरु एक्लै हुनुहुन्न । अहिलेको समग्र परिस्थितिलाई सरकारले गम्भिरतापूर्वक लिएको छ । ठूला, साना तथा मझौला उद्योगको समस्याहरु आर्थिक तथा मौद्रिक नीतिमार्फत कहाँ के गर्न सकिन्छ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend