logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एकीकृत समाजवादीका मन्त्रीहरुले मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीलाई दिए दबाब

    एकीकृत समाजवादीका मन्त्रीहरुले मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीलाई दिए दबाब

    3K
    Shares
    एकीकृत समाजवादीका मन्त्रीहरुले मन्त्रीबाट नहटाउन प्रधानमन्त्रीलाई दिए दबाब

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग दबाब बढाएका छन् । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि आफ्नो पद थमौती गर्न प्रधानमन्त्री देउवामाथि प्रेसर बढाएका हुन् ।

    एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले मन्त्री हेरफेरको निर्णय गरी सकेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने दृढताका साथ कार्यन्वयन गरेर जाने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीले प्रधानमन्त्रीसँग गुहार मागेका हुन् ।

    शनिवार बेलुका सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताए । ‘हामी मन्त्री भएको जम्मा ६ महिना भयो । हामीलाई पार्टीले हटाउने निर्णय गरी सक्यो । तपाई (प्रधानमन्त्री) ज्युले भूमिका खेलिदिनुपर्यो ’ नेताले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुको मागका विषयमा परिस्थिति हेरेर निर्णय लिने बताउनुभएछ । पार्टीको निर्णय मन्त्रीले नमान्नु सारै लज्जाको विषय भयो ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend