logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन माग

    आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन माग

    2.9K
    Shares
    आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन माग

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन सरकारसँग माग गरेकी छन् । आईतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष निर्वाचनतर्फ समानुपातिक समावेसी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन नसकेको बताइन् । उनले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशीतालाई सरकारले लागू गर्नुपर्ने बताइन् ।
    सांसद भुसालले भनिन्,‘ समावेशी लोकतन्त्र सबैका लागि उपलब्धी र महत्वपूर्ण छ । संविधानले व्यवस्था गरेको व्यवस्थालाई व्यवस्थापन गर्नको लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । स्थानीय तहको निर्वाचनमा जुन हिसावले महिलाहरुले उपस्थिति प्रत्यक्ष निर्वाचनमा पाउनुपर्ने थियो त्यहाँ गठबन्धन दलको दृष्टि त्यहाँ नपुगेको देखिन्छ । अबको संघ र प्रदेशको निर्वाचनमा दिगो विकास लक्ष्यको मान्यता राखेर अन्तर्राष्ट्रिय सन्धिहरु समावेसी उपलब्धीलाई साकार रुपबाट ल्याउनको लागि र हाम्रो संविधानको मैलिक हकमा पनि महिलाहरुबाट प्राप्त भएको उपलब्धीलाई कार्यान्वयन गर्नको लागि संघ र प्रदेशको निर्वाचनको प्रत्येक्ष निर्वाचनतर्फ समानुपातिक समावेसी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउनुपर्ने व्यवस्था गर्न सभामुखमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद भुसालले संघ र प्रदेशको निर्वाचनमा दिगो विकास लक्ष्यको मान्यता राखेर अन्तर्राष्ट्रिय सन्धिहरु समावेसी उपलब्धीलाई साकार रुपबाट ल्याउनको लागि र संविधानको मैलिक हकमा कार्यान्वयन गर्नको लागि भएपनि लागू हुनपर्ने दाबी गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend