काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । नेपाली काँग्रेसले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
काँग्रेसले उक्त बैठकका लागि दुई एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको छ ।