logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मेयरको प्रतिबद्धतापछि काठमाडौं महानगरको आर्थिक विधेयक सर्वसम्मतीले पारित

    मेयरको प्रतिबद्धतापछि काठमाडौं महानगरको आर्थिक विधेयक सर्वसम्मतीले पारित

    1.9K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९ ८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।

    आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउने सम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साहले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।

    काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९ ८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९ ८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

    जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । आर्थिक विधेयकमा कर, शुल्क दस्तुर सहितका आन्तरिक आयको विषय रहेको हुन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend