काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताएका छन् । शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताए । प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भरपर्नु पर्ने अवस्था बढेको बताए । उनले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताए । डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । उनले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको बताए। उनले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताए । नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आकलन गरिएको उनको भनाई छ । उहाँले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।
उनले भने,‘पछिल्लो समय हामी उपभोगमुखी भएका छौं । अहिले मुलुकको उत्पादनको आधारहरु कमजोर हुँदै गएका छन् । कृषिका वस्तुहरु नै उल्लेखिय मात्रामा आयात गर्नु पर्ने अवस्था छ । हाम्रो आयातमुखी अर्थतन्त्र भएको छ । त्यसले गर्दा अहिलेको जस्तो अर्थतन्त्रको शंकट भविष्यमा थप आउने अवस्था छ । अहिले हामी जुन किसिमले उत्पादन भन्दा पनि उपभोग तर्फ लागेका छौं । अहिले जीम जान समेत गाडी र मोटरसाइकल चढ्ने भएका छौं । विदशी वस्तुहरु बढी प्रयोग गर्ने हुँदा भुक्तानी संन्तुलनलाई असर गर्ने र अर्थतन्त्रमा पर निर्भताको भर पर्ने अवस्था बढेको छ । त्यसको समाधानको लागि सरकार र सबै पक्ष लाग्नुपर्छ । तर पछिल्लो समय विदशी जाने श्रमिकहरु बढेकाले राम्रो संकेत बढेको छ । यो वर्ष मात्रै ५ लाख भन्दा बढी नेपाली श्रमिक बाहिर गएका छन् । पछिल्लो तीन महिनामा रेमिट्यान्स पहिलाको महिना भन्दा बढी आएको छ । आउने महिनामा रेमिट्यान्स ९० अर्ब भन्दा बढी आउने अपेक्षा छ । पर्यटकहरुको आगमन पनि बढेको छ। पछिल्लो समय विद्युत निर्यात हुन थालेको छ । अहिले सिमेन्ट निर्यात गर्ने कुरा बाहिर आएको छ । उत्पादन प्रसस्त रहेको छ । त्यसले विदेशी मुद्रा बढ्ने भएकाले आत्तिहाल्नु पर्ने छैन । प्यानिक हुनु पर्दैन । तर हासियार हुनुपर्ने अवस्था छ । अर्थतन्त्र अहिले दबाबको स्थितिमा छ ।’