logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केएमसीमा तनाव : स्कुलको बोर्ड तोडफोड

    केएमसीमा तनाव : स्कुलको बोर्ड तोडफोड

    3.1K
    Shares

    काठमाडौं । स्कुलभित्रै एक कर्मचारी युवतीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव भएको छ ।

    आक्रोशित मृतकका आफन्तको समुहले स्कुलमा तोडफोड गरेका छन् । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ ।

    काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् ।

    डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको आफन्तले दाबी गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

    घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो ।

    गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।

    काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend