logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रिय सदस्यहरु एकमत भएका छन्: लेखनाथ दाहाल

    यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रिय सदस्यहरु एकमत भएका छन्: लेखनाथ दाहाल

    2K
    Shares
    यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रिय सदस्यहरु एकमत भएका छन्: लेखनाथ दाहाल

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो ।

    बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रिय सदस्य लेखनाथ दाहालले यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रिय सदस्यहरु एकमत भएको बताए । उनले पार्टीको संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारी लगायतका समिति चयन गर्नु आवश्यक रहेको बताए ।

    उनले भने– ‘यो पटक हाम्रो केन्द्रिय समितिको बैठकले कार्यसूची अनुरुप नै सबै निर्णय गर्नेछ । र हामीलाई आवश्यक पनि छ, पोलिटब्यूरो, स्थायी समिति र संगठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महशुस भइसकेको छ । त्यसकारणले यो बैठकले सबै निर्णय लिनेछ । चयन हुनैपर्छ । चयन कसरी हुन्छ भन्ने विषयमा केन्द्रिय समितिको बैठकमै वृहत छलफल हुन्छ । तर अब चयन गरेरै निस्किने कुरा चाहीँ हाम्रो पार्टीको संकल्प हो । संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई हामीले व्यवस्थित ढंगले सञ्चालन गर्न नसक्ने, कार्यविभाजन गर्न नसक्ने भएको कारणले गर्दा अहिलेको ऐतिहासिक माग हो । यो माओवादी पार्टीलाई मजबुद बनाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र आगामी निर्वाचनको तयारी गर्न पनि संगठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने भएको कारणले गर्दा योपल्ट हामी केन्द्रिय समितिका सबै सदस्यहरुको माग पनि छ । बुझाइमा एकरुपता पनि पैदा भएको छ कि कमसेकम पदाधिकारी चयन गर्नुपर्छ र पोलिटब्युरो, स्थायी समिति निर्माण गर्नुपर्छ ।’

    उनले पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भुमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै अध्यक्षको सहयोगको लागि पनि छिटोभन्दा छिटो पार्टीका समितिहरु बन्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend