काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नुपर्ने बताउका छन् । आईतवार संसद भवनमा आर्थिक कुटनीति प्रवद्र्धनमा सांसदको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशीक लगानीका विषयमा दिक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशीक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरेका हुन् ।
पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताए । उनले गरिवी निवारणको लागि सरकार इमान्दार नभएसम्म सधैँ विदशीको आश गर्नुपर्ने अवस्था रहने बताए । पूर्वगभर्नर क्षेत्रीले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर सांसददेखि जनता सबैले योगदान गरे देश बिस्तारै आत्मनिर्भर हुने बताए । क्षेत्रीले सरकार इमान्दार भएर आत्मनिर्भर बनेपछि मात्रै विदेशीहरु नेपालमा अवसर खोज्दै आउने दाबी गरे ।
उनले भने,‘एमसीसी ल्याउने की नल्याउने भन्ने विषयमा हामी नेपाली धेरै बाँडियौं । एक थरीले एमसीसी भन्दा गम्भिर किसिमका शर्तहरु मानेर परियोजनाहरु सञ्चालन गरेका छौं भन्ने अर्को थरीले यो भयो भने सर्वनाश हुनसक्छ भन्ने अवस्था थियो । यस्ता कुराहरुलाई लिएर संसदहरुलाई राम्रोसँग दिक्षित गर्न सक्नुपर्छ । हुनसक्ने किसिमका प्रभावहरुलाई उजागर गर्न सकियो भने मुलुकले लक्ष्य निर्धारित गरे अनुसार नै वैदेशीक स्रोत र साधन पनि परिचालन गरेर मुलुकको हीतको निमित्त काम गर्न सकिन्छ । हाम्रो जस्तो मुलुकले सधैँभरी गरिबी निवारणको लागि अरुको आशा गर्नुपर्ने अहिलेसम्म रहन्छ भनेर हेर्दा जहिलेसम्म हामीसँग इमान्दारीता रहन्छ । मेहनत गर्ने कुराहरु हुनसक्छ । मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर हामी सबैले हाम्रा योगदानहरु पूरा गर्न सक्छौं । त्यस्तो भयो भने हामी बिस्तारै आत्मनिर्भर हुन सक्छौं । विदेशीहरुले नेपालमा मौका छ भनेर काम गर्ने वातावरण खोज्न सक्ने अवस्था हुनसक्छ । तर अहिले यसरी आएका वैदेशीक साहयताहरुमा एक करोड दिएको छ भने एक दुई लाख नेपालमा रहने अरु सबै विदेशमा नै फिर्ता लाने परिस्थिति आएको छ । त्यो पैसा उल्टाउन अर्थात नेपालमा नै खर्च गर्नको निमित्त हाम्रो इमान्दारीता,मेहनत र कार्यान्वयन गर्नसक्ने परियोजना छनोट गर्नसक्ने क्षमता विकास गर्न सक्यौं भने हुनसक्छ ।’
पूर्वगभर्नर क्षेत्रीले नेपालमा अहिले वैदेशीक साहयताका रुपमा आएको पैसा खर्च गर्न नसकेर विदेशमा नै फिर्ता गइरहेको बताए । उनले नेपालमा विदेशबाट आएको सहायतामा २ प्रतिशत मात्रै खर्च हुने र बाँकी विदेशमा नै फिर्ता भइरहेको बताए । वैदेशीक अनुदान नेपालमा नै खर्च गर्नको निमित्त इमान्दारीता,मेहनत र कार्यान्वयन गर्नसक्ने परियोजना छनोट गरी क्षमता विकास गर्न आवश्यक रहेको पनि बताए ।