logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अर्थमन्त्रीले देशप्रति गद्दारी गरे,राजीनामाले मात्रै हुदैन हत्कडी लगाउनुपर्छ : विशाल भट्टराई

    अर्थमन्त्रीले देशप्रति गद्दारी गरे,राजीनामाले मात्रै हुदैन हत्कडी लगाउनुपर्छ : विशाल भट्टराई

    3.5K
    Shares
    अर्थमन्त्रीले देशप्रति गद्दारी गरे,राजीनामाले मात्रै हुदैन हत्कडी लगाउनुपर्छ : विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले देशप्रति गद्दारी गरेको बताएका छन् ।

    सुनौलो नेपालसँगको कुराकानीमा प्रमुख सचेतक भट्टराईले विश्वमै कहि पनि नभएको अनैतिक कार्य नेपालका अर्थमन्त्रीले गरेको बताएका हुन् । अहिलेसम्म पनि अर्थमन्त्रीको राजीनामा नआउनुले उनलाई सत्तारुढ दलहरुले संरक्षण गरेर राखेको बताए ।

    ‘देशप्रति यति गद्दारी भाको छ । यति अनैतिक काम विश्वभरि कहि पनि भाको छैन तर यो अनैतिक कामलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संरक्षण गर्नुभाकोछ ।’ उनले भने ।
    उनले अर्थमन्त्रीले राजीनामा दिएर मात्रै नपुग्ने भन्दै हत्कडी लगाएर जेल लानुपर्ने सम्मको अपराध गरेको बताए ।

     

    अर्थमन्त्रालयले ३ महिनासम्म राख्नुपर्ने सिसिटिभी फुटेज १३ दिनमै डिलिट गर्नुले पनि अर्थमन्त्रालयमा बाहिरी मान्छे आएको पुष्टि गरेको बताउँदै उनले भने ‘उहाँहरु सिसिटिभी फुटेज देखाउन पनि चाहानुहुन्न र १३ दिनमै सिसिटिभी फुटेज डिलिट गर्नुले मन्त्रालयमा बाहिरी मान्छे आएर करको दर हेरफेर गरेको कुरा पुष्टि पनि हुन्छ ।’

    पुरा भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend