logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन्ः सांसद सिलवाल

    अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन्ः सांसद सिलवाल

    2.6K
    Shares
    अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन्ः सांसद सिलवाल

    काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांस सिलवालले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनि सांसदले सहमति जनाउनु नहुने बताए । सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताए । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटाले त्यही निकायले गर्न नहुने भन्दै नेपाल प्रहरी नै अनुसन्धानको लागि सही विकल्प रहेको बताएका हुन् । सांसद सिलवालले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमनको अधिकार दिनु भनेको नेपाल प्रहरीमाथिको भरोसा नहुनु रहेको उल्लेख गरे । उनले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गरे । नेपाल प्रहरीलाई अनुसन्धानको अधिकाबाट हटाउने कुरामा आफ्नो विमति रहेको बताए । सांसद सिलवालले । अध्यागमनमा बदमासी रहेको भन्दै प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक रहेको बताए ।

    उनले भने, ‘अध्यागमनमा आफ्नै मान्छे जो इन्भल्व हुन्छ, घोटालामा त्यही मान्छेको डिजीले त्यही निकायले त्यसैलाई अनुसन्धान गर्ने भन्ने कुरा प्राकृतिक न्याय सिद्धान्तको विपरित् हो । नेपाल प्रहरीमाथि भरोसा छैन भन्ने मान्यमन्त्री ज्यूको कुर हो भने ठिक छ । नेपाल प्रहरी भनेको विशेषज्ञ, अनुसन्धान गर्ने निकाय हो । यो अनुसन्धान गर्ने काम प्रहरीको हो प्रहरीलाई दिन्होस् । यो लिएर आएको संशोधनमा मेरो विमति छ । अध्यागमनमा बदमासी छ । अहिले विभिन्न प्रविधिको प्रयोग गरेर अपराधीहरु घुस्ने र अपराध गर्ने क्रियाकलाप छ, त्यसमा अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य हुनुहुन्न । त्यसैले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनि सांसदले सहमति जनाउनु हुँदैन । हामीले प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक छ । अब मेट्रोपोलिटिभ पुलिस सिस्टम ल्याउनुपर्छ भन्ने सोच हुन जरुरी छ ।’

    सांसद सिलवालले सरकारले अब महानगरीय प्रहरी सिस्टमको बारेमा सोच्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend