logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा चिकित्सक: कसले के भने ?

    कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा चिकित्सक: कसले के भने ?

    3.1K
    Shares
    कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा चिकित्सक: कसले के भने ?

    काठमाडौं । चिकित्सक करुणा कुँवरले सबै वलात्कार पीडितहरुको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै चिकित्सक कुँवरले बलात्कार पीडितहरुको मनोविज्ञान फरक–फरक खालको हुने भएकाले उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी हुन् ।

    उनले घटना भएको समयमा जस्तो लक्षणहरु देखापर्छ बिसांै वर्ष पछिसम्म पनि त्यस्तै खालको लक्षणहरु देखा परिरहने सम्भावना रहने बताइन् । उनले हिंसामा परेकाहरुलाई शारीरिक र मानसिक दुवै रुपमा लक्षणहरु देखापर्ने बताइन् । चिकित्सक कुँवरले पीडितमा सामान्यतया डरलाग्दो सपनाहरु देख्ने, आत्तिने, डराउने, कुनै ठाउँमा जानुपर्दा साथी चाहिने र घरभित्रै घटना भएको हो भने घरभित्र बस्न पनि डराउने लगायतका लक्षणहरु देखापर्ने बताइन् ।

    उनले भनिन् – ‘त्यस्ता खालका घटना पछाडी देखिने लक्षणहरु भनेको डरलाग्दो सपनाहरु देख्ने । आत्तिने, डराउने । कुनै ठाउँमा जानुप¥यो भने साथी नै चाहिने । घरभित्रै भएको हो भने घरभित्रै असुरक्षित अनुभुति हुने । घरभित्र बस्न पनि डराउने लगायतका कुराहरु हुने हुन्छ । आँखाको अगाडी फिल्मजस्तै दृश्य बनेर बसिरहने पनि हुन्छ । त्यो छोटो समयदेखि लिएर लामो समयसम्म हुने गर्छ । जुन बेलामा घटना घट्यो जस्तो खालको लक्षणहरु भएको हुन्छ, त्यो चाहीँ समय बित्दै जाँदाखेरी पनि त्यो घटनाले ल्याएको लक्षण कम हुँदैन । बिसौं वर्ष पछाडीपनि उस्तै रहने चान्स हुन्छ । हरेक व्यक्तिमा फरक–फरक खालको लक्षण हुन्छ । सबै बलात्कार पीडितमा एकै खालको देखिदैन । त्यही भएर कहिलेकाहीँ के हुन्छ भने उजुरी लिन आउँदाखेरी पनि मैले त्यतिखेर चिच्याउन सकिन भन्यो भने मान्छेहरु पत्याउँदैनन् । एउटा युवती बलात्कार भयो भने भाग्न किन सकेन त भन्ने खालको कुराहरु भइराखेको हुन्छ । कसैले त भागेर मैले आफूलाई जोगाएँ पनि त भन्छ नि त । पीडितको मनोविज्ञान फरक–फरक हुन्छ । त्यस अनुसार उसको लक्षणहरु आइराखेको हुन्छ ।’

    बैठकमा बोल्दै डा. सरोज ओझाले विद्यालयदेखि नै बलात्कारको सम्बन्धमा शिक्षा दिनुपर्ने बताए । उनले १८ वर्षभन्दा मुनि बलात्कार तथा यौनजन्य हिंसा सम्बन्धी शिक्षा दिएमा यस्तो घटनाहरुको न्यूनिकरण हुने बताए । उनले यस विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताए ।

    उनले भने– ‘दुई पक्षले हेर्नुपर्छ । एउटा पक्ष राज्यले यो विषयमा शिक्षा दिन सकेका छौँ त ? बलात्कार के हो ? बलात्कार गर्नु हुन्छ कि हुँदैन ? हाम्रो शिक्षाको पाठ्यक्रममा यो बारेमा पनि विचार गर्नुपर्छ । १८ वर्षसम्मको मस्तिष्कको विकासको समयमा हामीले शिक्षा किन नदिने ? शुरुमै मान्छेले बुझ्यो भने यसमा सचेत हुन्छन् जस्तो लाग्छ मलाई । बलात्कार रोकथामका लागि पाठ्यक्रम बनाउने र वकालत गर्ने गर्नुपर्छ । जो पीडित हो, उसको मनोवैज्ञानिक, शारीरिक, संवेगात्मक सबै किसिमको विकासमा असर पर्छ । जुनसुकै समयमा ऊ डिप्रेसनमा जानसक्छ । त्यसैले यस विषमा खुला हुनुपर्छ । हाम्रो उद्देश्य यसलाई रोकथाम गरौँ ।’

    चिकित्सक सिर्जना कुँवरले यौन हिंसाका घटना परिवार तथा आफन्तहरु भित्रैबाट बढी हुने गरेको बताए । उनले आफूहरुले हेरेको केसहरु मध्ये एक प्रतिशत घटना मात्र अपरिचित मान्छेले गरेको पाइएको बताए ।

    उनले आफूहरुले गरेको अध्ययन अनुसार पीडकले आफू पावरमा आउनका लागि केही नराम्रो गर्नैपर्ने रहेछ भन्ने धारणा बनाएका कारण घटना घटाउने गरेको देखिएको जानकारी गराए । कुँवरले बलात्कारको घटनामा हदम्याद राख्नु नहुने बताए ।

    उनले भने– ‘यौन हिंसा आफन्तबाटै भएको हुन्छ । एक प्रतिशत मात्रै होला नचिनेको मान्छेले गरेको । हामीले ६९ वटा केसहरु हेरिसकेका छौँ । त्यसमा सबै आफन्त नै हो । धेरै टाढा जानु नपर्ने रहेछ आफू हिंसा पीडित हुनका लागि । पीडकले आफू पावरमा हुन कसै न कसैलाई केही नराम्रो गर्नैपर्ने रहेछ भन्ने पावरको फिलिङको लागि यस्तो गर्नुहुँदो रहेछ । यस्तो केसमा हामी सबै न्यायाधीश हो । सबै लेभलमा । न्यायको अदालतसम्म पुग्नुपरेको छैन । हदम्याद राखेर झन् हामीले संकुचित गरिएको जस्तो मलाई लाग्छ ।’

    चिकित्सक विपिन थापाले कुनैपनि शिक्षाले बलात्कारको विषयमा नबुझाएको बताए । उनले बलात्कार तथा यौनजन्य घटनाहरुमा महिलाहरुलाई नै दोषी देखाइने गरिएको भन्दै मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने धारणा राखे ।
    समितिले यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरिरहेको छ । सोही सम्बन्धमा मंगलवारको बैठकमा मनोसामाजिक विज्ञ तथा चिकित्सकहरुसँग छलफल गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend