काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने बताएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीसंग बोल्दै पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए ।
नेता पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन: अर्थमन्त्री बन्ने दाबी समेत गरे ।