logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुन्छ: वातावरणमन्त्री यादव

    संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुन्छ: वातावरणमन्त्री यादव

    2.3K
    Shares
    संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुन्छ: वातावरणमन्त्री यादव

     

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले संसदमा पेस गर्ने नयाँ नागरिकता सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले संसदमा पेस गर्ने नागरिकता सम्बन्धी नयाँ विधेयक फाष्ट ट्रयाकबाट पारित हुने बताए ।

    उनले जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाच्नुपरेको भन्दै सर्वसम्मत् रुपमा विधेयक पारित गर्नुपर्ने बताए । उनले भने– ‘पुरानो नागरिकता विधेयक विवादित थियो । नयाँ नागरिकता विधेयक पेस गर्ने सहमती भएको छ । जुन नागरिकता विधेयक पेस हुन्छ, नयाँमा । त्यो फाष्ट ट्रयाकमा पास हुन्छ । जन्मसिद्धको कुरा, बुबा आमा नेपाली छ तिनको सन्तानले नागरिकता नपाउने ? त्यो अनागरिक भयो ? नेपाली नागरिक हुँदाहुँदै अनागरिक भएर बाचिरहेको छ । हामी सबै मिलेर सर्वसम्मत पास गराउनु पर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend